जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

Posted on: 27 Apr, 2022

वैशाख १४, काठमाडौं | सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।

जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!