२४ घण्टामा ५ हजार बढी निको भए, साढे ५ लाख बढीले लगाए खोप

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | पछिल्लो २४ घण्टामा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना निको भएको जानकारी दिएको हो । यस्तै सोही अवधिमा ५ लाख ५४ हजार  ५६६ जनाले खोप लगाएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!