अजय देवगनको ‘दृश्यम २’ ले कमायो १० दिनमा १४३ करोड

Posted on: 28 Nov, 2022

मङ्सिर १२, काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको चलचित्र ‘दृश्यम २’ ले बक्सअफिसमा शानदार प्रदर्शन गरिरहेको छ।

१८ नोभेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले १० दिनमा १४३ करोड (भारु) भन्दा बढीको व्यापार गरेको छ।


बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले १० औँ दिन आइतबार १७ करोड ३२ लाख कमाएको छ। चलचित्रले प्रदर्शनमा आएको दोस्रो हप्ता पनि राम्रो व्यापार गरिरहेको छ।

यो चलचित्र मलयालम चलचित्र ‘दृश्यम २’को हिन्दी रिमेक हो। अभिषेक पाठकको निर्देशन रहेको चलचित्रमा अजय देवगनका साथै तबु, अक्षय खन्ना, श्रीया सरन, इसिता दत्तलगायतको मूख्य भूमिका छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!