वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

Posted on: 06 May, 2021

वैशाख २३, काठमाडौँ | बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । 

गायक प्रधानलाई स्वासप्रस्वासमा समस्या आएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रधानको कोरोना परीक्षण समेत नेगेटिभ आएको छ ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । 

प्रधानले 'घुम्तीमा नआउ है', 'तिमीलाई अचेल कहाँ देखुँ', 'गोरेँटो यो गाउँको', 'पर लैजाउ फुलहरू' जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ । 


तश्वीरमा: स्व. गायक प्रेमध्वज प्रधान

यस बिषयमा तपाइको प्रतिक्रिया...!