जुहीको फिल्मलाई निर्माताले टेलिफिल्म बनाइ दिएपछि...

Posted on: 29 May, 2023

जेठ १५, काठमाडौँ | बलिउड अभिनेत्री जुही चावलाको अभिनय करियर करिब साढे ३ दशक पुरानो छ । उनले सन् १९८४ मा ‘मिस इण्डिया’ को उपाधि जितेपछि फिल्म करियर सुरु गरेकी थिइन् । उनी गैह« फिल्मी परिवारकी थिइन् । 

करियरको सुरुवातमा उनले निर्माताहरुबाट राम्रै धोका पाइन् । उनले एक फिल्म ‘जन्नत’ मा सम्झौता गरिन् । तर यो फिल्म भने टेलिफिल्मका रुपमा दुरदर्शनमा प्रसारणमा आयो । फिल्ममा अभिनय गरेकी जुही टेलिफिल्मको कलाकारका रुपमा टेलिभिजनमा आउँदा छक्क परिन किनकी उनले टेलिफिल्ममा अभिनय गरेकै थिइनन् ।

सन् १९९५ मा दुरदर्शनको डीडी मेट्रो च्यानलमा ‘महाशक्ति’ नामक टेलिसिरियल प्रसारण भयो । जसमा जुही चावला, आदित्य पञ्चोली, आलोक नाथ, प्रेम चोपडा, गुलशन ग्रोवर र सोनू वालियालगायतको अभिनय थियो । जुहीलाई उनले अभिनय गरेको टेलिसिरियल प्रसारणमा आएको जानकारी आएपछि उनी चकित परिन् ।

पछि मात्र उनले आफूले अभिनय गरेको फिल्म ‘जन्नत’ लाई निर्माताले टेलि सिरियलका रुपमा प्रसारण गरेको थाहा पाइन् । निर्माताले यो फिल्मलाई नाम परिवर्तन गरेर दुरदर्शनलाई टेलिसिरियलका रुपमा बेचिदिएका थिए ।

जुहीले यो फिल्म सन् १९८९ मा सम्झौता गरेकी थिइन् । जब फिल्मको छायाङ्कन सकियो, निर्माताले उनलाई पुरा पारिश्रमिक दिएनन् । निर्माताले फिल्म रिलिज गर्न लागेपछि जुहीले अदालतमा मुद्धा हालेर उनको पक्षमा अन्तरिम आदेश पाइन् । अदालतले जुहीले पुरा पारिश्रमिक नपाउन्जेलसम्म फिल्म रिलिज नगर्न आदेश दियो । त्यसपछि फिल्म रिलिज रोकियो । 

केही वर्षपछि सन् १९९५ मा डीडी मेट्रोमा ‘महाशक्ति’ नामले टेलिसिरियल प्रसारण भयो । जसको निर्देशकको नाम दीपक शर्मा थियो । तर जुही भने चकित परिन् किनकी उनले यो नामको कोही पनि निर्देशनसँग सहकार्य गरेकी थिइनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!