बलिउड अभिनेता आशिषले गरे दोस्रो विवाह

Posted on: 26 May, 2023

जेठ १२, काठमाडौँ | बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् । उनले असमको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन् । उनीहरुले २५ मे मा कानुनी रुपमा विवाह गरेका छन् ।

आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरेका हुन् । विवाह पछि टाइम्स अफ इन्डियासँग कुरा गर्दै आशिषले भने, ‘मैले रुपालीसँग विवाह गरेकोमा म निकै खुसी छु । हामीले आज बिहान अदालतमा विवाह गरेका छौं र बेलुका हामीले हाम्रा नजिकका र प्रियजनहरूका लागि भेटघाट समारोह आयोजना गरेका छौं।’


आशीषले पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग गरेका थिए । उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ।

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । जसमा १९४२ः ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन् । उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!