कोरियाले हरेक महिना दुई हजार नेपालीलाई रोजगारमा लैजान थाल्यो

Posted on: 03 Mar, 2023

फागुन १९, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य  देश  बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक  रोजगार  विभागअन्तर्गत  ईपीएस  कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ । 


पछिल्लो पटक दक्षिण कोरिया सरकारको  मानव  संसाधन  विभाग  (एचआरडी)ले  श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । ईपीएस  कोरिया  शाखाका  निर्देशक  पुष्पराज  कुटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए । उनले भने, “नेपालबाट  ईपीएसमार्फत  कोरिया  जाने  श्रमिक  छनोट  प्रक्रिया  पारदर्शी  छ,  एचआरडीले  तोकेको  मापदण्डअनुसार  छिटो  श्रमिक  तयार  गर्न  सकेका  छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।” 

- गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!