कतारमा सयौँ विदेशी कामदारलाई बसेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब

Posted on: 30 Oct, 2022

कात्तिक १३, काठमाडौँ । विश्वकप फुटबल २०२२ आयोजक राष्ट्र कतारमा कार्यरत विदेशी कामदारलाई विश्वकप सुरु हुनै लाग्दा बिदामा बस्न दवाब दिईएको छ । कतारको मध्य दोहामा रहेका कामदारहरुलाई बसिरहेको ठाउँ खाली गर्न र बिदामा बस्न दबाब दिइएको हो ।

दोहाको अल–मन्सौराको आसपास तथा अपार्टमेन्टमा बसेका दर्जनौँ श्रमिकहरू सडकमा निकालिएका समाचार संस्था एएफपीले समाचारमा जनाएको छ । कतारमा झन्डै २८ लाख जनसङ्ख्या मात्र रहेको छ । जुन कुल कतारमा रहेका मानिसहरुमध्य २० प्रतिशत जति मात्र हो । कतारी नागरिक बाहेक कतारमा नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, फिलिपिन्स, केन्या र युगान्डालगायत देशबाट कामको सिलसिलामा स्थायी तथा अस्थायी बसोबास गर्नेहरु रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!