मलेसियामा १००० नेपालीका लागि शुन्य लागतको रोजगार अवसर

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ। 

मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना  पुरुषको माग गरिएको छ ।

कम्पनीले औधोगिक कामदार (factory worker) पदका लागि १ हजार जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ४२,७२०  देखि ५०,००० सम्म हुने छ | डिमाण्डको लट. नं. २६९२५२ रहेको छ |

कामदारहरूले कम्पनीबाट नै  खाना र बस्नको लागि उचित सुविधा पाउने छन् । अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा कम्पनीको निएम अनुसार बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | उनीहरूले चाहेमा थप वर्षका लागि पनि आवेदन दिन सक्छन्। साथै ओभर टाइमको पनि व्यवस्था रहेको छ।

जान इच्छुक जो कोहीले ह्वाईट हर्स रिक्रुटमेन्ट प्रा. लि. मा सिधै सम्पर्क गर्नुहोला । सम्पर्क जानकारी निम्नानुसार छ।

सम्पर्क नं. +९७७-०१-४५८२१७६, +९७७-०१-४५८२१७८, ९८०२३४२९०१ र ९८०२३४२९०२

डिमाण्ड:-



यस बिषयमा तपाइको प्रतिक्रिया...!