मुन ह्युमन रिसोर्स म्यानपावरका संचालक पक्राउ, करोड भन्दा बढी ठगेर फरार भएका थिए

Posted on: 15 Aug, 2022

साउन २९, काठमाडौँ । प्रहरीले नेदरल्याण्ड पठाइदिने भन्दै ठूलो रकम ठगि गरेर फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । खोटाङ बार्हपोखरी ५ देवथान घर भई काठमाडौँ कोटेश्वर बस्दै आएका मुन ह्युमन रिसोर्स प्रालि म्यानपावरका संचालक प्रकाश राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले कोटेश्वरबाट पक्राउ गरेको हो । 

ठगीमा संलग्न भनिएका राईले १६ जना युवाहरुलाई प्रतिव्यक्ति १६ लाखका दरले नेदरल्याण्डमा वर्किङ भिसामा पठाइदिने भन्दै ठगि गरेका थिए । राईले पीडितहरुलाई नेदरल्याण्डमा पुगेपछि सुरुमा मासिक ७५ हजार मासिक तलब हुन्छ भनि विश्वास दिलाई पैसा अशुली गरेका थिए । रोजगारको प्रलोभनमा १६ जनाले राईलाई १ करोड ३६ लाख रकम बुझाएको पाइएको छ । ठगिपछि राई फरार भएको प्रहरीले जनाएको छ । 

पीडितहरुले प्रमाण सहित बैदेशिक रोजगार बिभागमा उजुरी दिएपछि बिभागकै पत्राचारमा फरार रहेका राई पक्राउ परेका हुन् । पक्राउ परेका राईलाई थप कारवाहीको लागि वैदेशिक रोजगार बिभाग पठाइएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!