बेलायत सिजनल भिसामा पठाउने भनि प्रतिव्यक्ति ९ लाख अशुली, एक जना पक्राउ

Posted on: 14 Aug, 2022

भदौ २९, काठमाडौँ । सिजनल भिसामा बेलायतमा रोजगारमा पठाइदिने नाममा ९ लाख अशुली गरि ठगि गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ईलाम जिल्ला ईलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई आइतबार दिउसो पक्राउ परेका हुन् । 

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि कृषि सम्बन्धि कम्पनीमा काम लगाइदिन्छु भनेर ठगी गरे पीडितहरुको आरोप छ । 

राईले बेलायतमा मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी प्रलोभनमा  पारेको पाइएको छ । राईले ५ जना युवाहरुबाट प्रतिव्यक्ति अग्रिम ३/३ लाख अशुली गरेर १५ लाख लिएर सम्पर्क बिहीन भएको अवस्थामा प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप कारवाहीको लागि बुद्धनगर स्थित वैदेशिक रोजगार बिभाग पठाइएको छ । 

पछिल्लो समय युवाहरुलाई सिजनल भिसामा पठाईदिने नाममा प्रतिव्यक्ति १२ लाखसम्म अशुली भएको पाइएको छ । 

सिजनल भिसा प्राप्त गर्नका लागि कुनै संस्था वा म्यानपावरको भर पर्नुपर्ने हुँदैन । व्यक्ति स्वयमले अनलाइनमार्फत आवेदन दिन सक्छन् । तर, आफैले आवेदन दिन नजान्नले भने व्यक्ति अर्थात् एजेन्टको भर पर्दा ठगिने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!