कतार प्रहरीमा पठाउने म्यानपावरमाथि विभागले थाल्यो अनुसन्धान

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै बिज्ञापन गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ । 

वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक अनुगमन गरेर अनुसन्धान थालेको हो । विभिन्न व्यक्तिसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचारहरु प्रकाशन भएका भन्दै संस्थाको काम शंकास्पद लागेर अनुसन्धान थालेको विभागले जनाएको छ ।

अहिले म्यानपावरका सम्बन्धित कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेका विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!