खाडी तथा मलेसियामा नयाँ श्रम काउन्सिलर र सहचारीको आवेदन खुला

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार वैदेशिक रोजगारीमा जाने खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेकोे छ ।


मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण कोरियाको सियोलमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवलाई काउन्सिलर श्रम र मलेसिया, संयुक्त अरब इमिरेट्सको आबुधावी, साउदी अरेबियाको जेद्धा र ओमनको मस्कटमा राजपत्रांकित द्वितीय श्रेणीका शाखा अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने गरेकोे छ । हाल मलेसियामा काउन्सिलर श्रममा दीपक ढकाल, कतारमा कृष्णप्रसाद खनाल र रमा भट्टराई कार्यरत रहेका छन् ।

मन्त्रालयको नयाँ सूचनाअनुसार साउन २० गतेदेखि ३५ दिनभित्र योग्यता पुगेका ईच्छुक कर्मचारीले आवेदन दिन सक्नेछन् । आवेदनपछि प्रस्तुतीकरण तथा अन्य प्रयोगात्मक परीक्षा गरिने मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मात्रै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त काउन्सिलर श्रम र श्रम सहचारीहरु अभिमुखीकरण सम्पन्न गरी त्यसतर्फ लागेका थिए । साउदी अरेबिया, रियादको काउन्सिलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुवेदी, बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको थियो । 

नेपाली कामदारको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर श्रम र श्रम सहचारीहरुले भूमिका खेल्नुपर्ने ऐनमा व्यवस्था छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!