दुतावासका कर्मचारीमा कोरोना संक्रमण, अर्को सूचना जारी नभएसम्मका लागि सेवाहरु स्थगित

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । साउदीस्थित नेपाली दुतावासले दुतावासमा सेवाग्राहीहरु भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवाहरु स्थगित गरेको छ । दुतावासले सोमबार एक सूचना जारी गर्दै दुतावासमा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि दुतावासबाट प्रदान  गरिने सेवाहरु स्थगित गरेको जनाएको छ ।

अनलाइनबाट लिन सकिने सेवाहरु जारी नै रहने भएकोले अत्यावश्यक काम गर्नु परी दुतावासमा सम्पर्क गर्नु परेमा दुतावासका टेलिफोन नम्बरहरुमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!