सिंगापुर लैजाने भन्दै ३९ जनाबाट ४ करोड ठगी, अपराध गर्दै छुट्दै फेरी अपराधमै संलग्न

Posted on: 05 Jun, 2023

जेठ २२, काठमाडौँ । आफूलाई नेपालकै कान्छा पत्रकार भन्दै परिचय दिँदै कुनै ताका गिनिज बुकमा नाम लेखाउने भन्दै चर्चामा आएका सुजन आचार्यले पछिल्लो पटक सिंगापुर बसेर करोडौं ठगी गरिरहेको पीडितहरुले बताएका छन् । आचार्यबाट ठगिएका युवाहरुले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरुबाट ४ करोड ३० लाख भन्दा ठगिएको बताएका छन् । 


ठगिमा संलग्न आचार्यले सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको सञ्चालक रहेको र त्यहाँ रोजागर लगाइदिने भन्दै आचार्यले पीडितहरुसँग १ देखि ४ लाखसम्म मासिक तलब कमाई हुने भन्दै केहीलाई भिजिट भिसामा सिंगापुरमै पुर्याएर ठगि गरेको पाइएको छ । आचार्यले सुरुमा एक जनालाई आफ्नो जालमा पारेपछि उसैको प्रयोगबाट अरुलाई जोड्ने गरेको समेत पाइएको छ । यसरी आचार्यले एकै व्यक्तिबाट ७ देखि ५४ लाखसम्म अशुलेको पाइएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका–१० स्थायी घर भई हाल सिंगापुर बस्दै आएका आचार्यले प्रेमिका भनेर चिनाएका बिनु शाक्य र सानिमाको छोरा सृजन निरौला लगायतलाई परिचालन गरेर ठगी गरेको उनीहरूको आरोप छ । जसमध्य सृजन निरौला अहिले पक्राउ परिसकेका छन् । 

रोजगारको प्रलोभन दिने क्रममा सुजनले आफैले सिंगापुरमा कम्पनी खोलेको र त्यसैको लागि कामदार चाहिएको भनेका थिए । आचार्यले नेपालको कालो धन सेतो बनाउनको लागि आफूले सिंगापुरमा बिभिन्न ठाउँमा लगानी गरेको समेत बताएका थिए ।  

पैसा अशुली गर्ने क्रममा सुजनले ट्राभल हिस्ट्री बनाउने भनि भिजिटमा लाने गरेको पाइएको छ । ठगिमा संलग्न रहेको आरोपित सुजनले सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको आफू मालिक रहेको बताएका थिए । त्यसै कम्पनीको नक्कली कागजात समेत बनाएको पीडितहरुले बताएका छन् । पीडितहरुबाट ठग्ने उनले दैनिक लाख लाख खर्च गर्ने गरेको समेत पीडितहरुले जनाएका छन् । 


ठगि धन्दा गर्ने क्रममा सुजनले आफ्नी प्रेमिका भनिएकी बेली डान्सरसमेत रहेकी बिनु शाक्य र भाइ सृजन निरौलाको खातामा पैसा पठाउन लगाउने गरेको पाइएको छ । धेरै जसोले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा पैसा जम्मा गरिदिएको पाइएको छ । प्रहरीले पिडितहरुलाई दिएको जानकारी अनुसार सुजन अहिले नेपाल वा भारतमा छन् तर सुजनले आफूहरुलाई सिंगापुरमा रहेको बताईरहेको पीडितहरुको भनाई छ । पीडितहरुले आफूहरु ठगिएको बिषयमा बैदेशिक रोजगार बिभाग र प्रहरीमा समेत उजुरी दिईसकेका छन् । त्यस्तै उनलाई इन्टरपोल लगाएर कारवाहीको समेत निवेदन दिएका छन् ।  

पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि उनका भाइ सृजनलाई भने प्रहरीले पक्राउ गरेको छ । सुजनलाई पनि बिभागले गत ७ जेठ २०८० मा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गर्न अनुरोध गर्दै पक्राउ पुर्जी पठाएको छ । 

ठगीमा संलग्न सुजनले ६ जना पिडीतलाई काठमाडौँ स्थित एक होटलमा अहिले पनि बन्दक जस्तै बनाएर राखेको पाइएको छ । सुजनले होटलमा राखेर गएको तर होटलमा ३ लाख भन्दा बढीको बिल उठेको तिर्न नसके पछि पीडितहरु अहिले पनि उक्त होटलले होटलबाट बाहिरिन नदिएको कारण होटलमै रोकिन बाध्य भएको गुनाशो गरेका छन् ।

ठगीमा सक्रिय सुजन यस अघि पनि दुई घटनामा मुछिएका व्यक्ति हुन् । मकवानपुरमा हिरा काण्ड र गत बर्ष समेत धम्कि दिएर ७ करोड मागेको काण्डमा उनि मुछिएका थिए । सुजन बिभिन्न राजनीतिक तथा उच्च पदस्थ अधिकारीहरुसँग राम्रो हिमचिम स्थापित गरेको कारण पटक-पटक अपराधबाट उन्मुक्ति पाउँदै आएको आरोप लगाइदै आएको छ । 

यस सम्बन्धमा पुरा भिडियो तल हेर्नुहोस् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!