वैदेशिक रोजगार विभागको महानिर्देशकमा दहाल, बेथिति नियन्त्रणमा ध्यान देलान् ?

Posted on: 16 May, 2023

जेठ २, काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाइएको हो । 


दहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक बनेर श्रम मन्त्रालयमा सरुवा भई आएका हुन् । केही समय मात्र मन्त्रालयमा बसेका दहाललाई मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा पठाएका हुन्। 

दाहाललाई महानिर्देशकमा नियुक्त भएपछि ९ महिनादेखि बिभाग सम्हालिरहेका महानिर्देशक उमाकान्त आचार्यलाई मन्त्रालय तानिएको छ । 

नयाँ महानिर्देशकले बेथिति नियन्त्रणमा ध्यान देलान् ? 

यस अघि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख रहेका दहालले राजस्व अनुसन्धान प्रमुख भएर समेत काम गरेका छन् । चर्चित नक्कली बिलको अनुसन्धान टोलीका सदस्यसमेत रहेका दहाल एनसेलको ६२ अर्व कर निर्धारण समितिमा समेत रहेका थिए । 

बिभागमा महानिर्देशकका रुपमा नियुक्त भएसंगै दहालको कार्य-कौशलता कति छ भन्ने थाहा हुने भएको छ । वैदेशिक रोजगारमा रहेका अनेकन बेथितिलाई दहालले चुपचाप सहन्छन् वा केहि गरेर देखाउँछन् हेर्न बाँकी छ । वैदेशिक रोजगार अन्तर्गत अनुगमनको कार्य निष्क्रिय जस्तै भएको, वैदेशिक रोजगार क्षेत्र अन्तर्गत म्यानपावरले गर्नुपर्ने काम कन्सल्टेन्सीहरुले गर्दै आएको, व्यक्तिगत श्रम स्वीकृतिको नाममा वैदेशिक रोजगारको ठगि ब्याप्त रहेको जस्ता बेथिति वैदेशिक रोजगार क्षेत्रमा छन् । त्यस्तै अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले तालिम नै नदीई प्रमाणपत्र बाड्दै ठगि गर्दै आएकोमा बिभागकै अधिकारीहरुले सेटिङलाई प्रश्रय दीएर खाई-पाई आएको  तथा वैदेशिक रोजगारमा नीतिगत धेरै कुराहरुमा बिभाग सेटिङमा चल्दै आएको बताइन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!