सिनामंगलस्थित सेन्ट्रल क्यापिटल सर्भिसेस म्यानपावरमा छापा

Posted on: 11 May, 2023

वैशाख २८, काठमाडौँ । साउदी कामदार पठाउने भन्दै अनुमतिनै नलिई अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ । सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा विभागको टोलीले छापा मारेको हो ।


म्यानपावर कम्पनीले साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचना विभागको टोलीले पाएको थियो । छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ । त्यसरी तोकिएको मितिभन्दा बाहिर गएर अन्तर्वार्ता लिन पाइँदैन । उक्त कम्पनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

मेनपावर कम्पनीले एउटा कम्पनीको विज्ञापन देखाएर अर्को कम्पनीको लागि अन्तर्वार्ता लिएको पाइएको बिभागले जनाएको छ । अन्तर्वार्ताका लागि आएकाहरूलाई हादी हमाद कम्पनीको अन्तर्वार्ता लिए पनि म्यानपावरले विभागको टोलीलाई AL-TAWI FOR BULDING AND CONSTRUCTION CO.LTD को लागि भन्दै विज्ञापन देखाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!