शिक्षा | काठमाडौँ - KTM


त्रिविले भन्यो 'वैकल्पिक विधिबाट परीक्षाको व्यवस्था मिलाउनु'

Posted on May 25, 2021 | views : 1399 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ । त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले विज्ञप्ति जारी गर्दै रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति मार्फत उपकुलपत

Read More

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने ? सरकारी तयारी के छ ?

Posted on May 16, 2021 | views : 1328 | काठमाडौँ - KTM

प्रकाश सिलवाल । जेठ २, काठमाडौँ (रासस)। दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८&

Read More

आगामी बजेटमा शिक्षा क्षेत्रका सवाल के के छन् ?

Posted on May 14, 2021 | views : 1180 | काठमाडौँ - KTM

नारायण न्यौपाने । वैशाख ३१, काठमाडौं (रासस)। राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएक

Read More

एसइई र कक्षा १२ को परीक्षा स्थगित, कहिले हुन्छ अब ?

Posted on May 10, 2021 | views : 1075 | काठमाडौँ - KTM

वैशाख २७, भक्तपुर (रासस)। आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।  कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा पर

Read More

त्रिभुवन विश्‍वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

Posted on April 26, 2021 | views : 1197 | काठमाडौँ - KTM

बैशाख १३, काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो । ‘ कोभिड १९को दोस्रो लह

Read More

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

Posted on April 25, 2021 | views : 1692 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उ

Read More

त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

Posted on April 21, 2021 | views : 1257 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर

Read More

सहरी क्षेत्रका विद्यालय बन्दगर्ने सरकारको निर्णय

Posted on April 19, 2021 | views : 1420 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको नयाँ संक्रमण दर फैलिदै गएकाले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ल

Read More

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

Posted on April 16, 2021 | views : 1273 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।  नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द

Read More

विद्यालय बन्द गरेर वैकल्पिक पठनपाठन गराउन संसदीय समतिको निर्देशन

Posted on April 16, 2021 | views : 1262 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।   समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ति, वि

Read More

आलोपालोको कक्षा सञ्चालन गर : शिक्षा मन्त्रालय

Posted on April 16, 2021 | views : 1475 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयले  तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र स

Read More

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय

Posted on April 16, 2021 | views : 1096 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा कुनै विद्यार्थी,शिक्षक वा कर्मचारीमा कोरोना संक्रमण देखिएमा विद्यालय एक साता बन्द हुने भएका छन् । काठमाडौं महानगरपालिकाले बिहिबार कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो । 

Read More

अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती

Posted on April 16, 2021 | views : 1176 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् ।  बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावक

Read More

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

Posted on April 13, 2021 | views : 1451 | काठमाडौँ - KTM

चैत ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले राजधानी काठमाडौं उपत्यकासहित देशका ठूला शहरका विद्यालय एक महिना बन्द गरेर अनलाइन मार्फत कक्षा संचालन गर्न सिफारिस गरेको हो ।  पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण दर तिब्र रुपमा फैलिएको

Read More

एलएल.बी प्रथम वर्षमा भर्नाका लागि आवेदन खुल्यो, जेठमा प्रवेश परीक्षा हुने

Posted on April 13, 2021 | views : 2035 | काठमाडौँ - KTM

चैत्र ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्न आवेदन खुलाएको छ । डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६।७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ वि

Read More

विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाव

Posted on April 12, 2021 | views : 917 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ। कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।  नेपाल

Read More

विद्यालय बन्द गर्ने प्रस्तावको प्याब्सनद्वारा विरोध

Posted on April 11, 2021 | views : 1686 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सरकारसंग तीन साता विद्यालय बन्द गर्न गरेको प्रस्तावको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले बिरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै सीसीएमसीको शनिवारको बैठकले कम्तीमा तीन हप्ता विद्याल

Read More

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

Posted on March 31, 2021 | views : 1248 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ । त

Read More

भूमिराज प्राविमा शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

Posted on March 31, 2021 | views : 1154 | काठमाडौँ - KTM

चैत १८, बझाङ । बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन थालेको हो । विसं २०४६ मा स्थापना भएको भूमिराज प्रा

Read More

भाइरल रोगले विद्यार्थी बिरामी पर्न थाले

Posted on March 29, 2021 | views : 1340 | काठमाडौँ - KTM

चैत १६, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ ।  विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान

Read More

अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला, परीक्षा जेठमा हुने

Posted on March 29, 2021 | views : 1656 | काठमाडौँ - KTM

चैत्र १६, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ता तहको २९ औं परीक्षाको लागि आवेदन खुला गरेको छ । परिषद्ले सोमबार एक सूचना जारी गर्दै आगामी २०७८ साल जेठ महिनामा  संचालन हुने अधिवक्ता परीक्षाको लागि दरखास्त दिन आव्हान गरेको हो  । बागमती प्रदेशको काठमाडौं, प्रदेश नं. १ को बिराटनगर,

Read More

शिक्षा मन्त्रालयले भन्यो : विद्यालयमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरौं

Posted on March 25, 2021 | views : 1664 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । शिक्षा मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट बच्न विद्यालयमा भिडभाड नगर्न आग्रह गरेको छ । 'शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावक

Read More

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

Posted on March 25, 2021 | views : 1033 | काठमाडौँ - KTM

चैत १२, कर्णाली । कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई सहजरुपमा ग्रहण गर्छन् । नपत्याउने र असम्भव देख्नेहरुका अगाडि देखिने गरी नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यही चैत

Read More

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

Posted on March 24, 2021 | views : 1344 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा शिक्षा विभागले कार्यान्वयनको तयारी थालेको हो । कोरो

Read More

शुल्क वृद्धिको विरोधमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी

Posted on March 23, 2021 | views : 1612 | काठमाडौँ - KTM

चैत १०, कंचनपुर । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् ।  “शुल्क वृद्ध

Read More

घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

Posted on March 22, 2021 | views : 922 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ ।  पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्

Read More

नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

Posted on March 21, 2021 | views : 1048 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक

Read More

कक्षा १० को एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

Posted on March 09, 2021 | views : 1431 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १

Read More