विश्वकप फुटबल अपडेट: ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको सानदार जित

Posted on: 26 Nov, 2022

मङ्सिर १०, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै  विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने सफल भएको छ |

समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी दिलाएको हो । ड्युकले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए ।


उनले गुडविनको क्रसमा हेडिङमार्फत् गोल गरे। विश्वकपमा हेडिङमार्फत् गोल गर्ने उनी दोस्रो अस्ट्रेलियन खेलाडी बनेका छन्। विश्वकपमा सन् २०१० पछि अस्ट्रेलियाको यो पहिलो जीत पनि हो । समूह ‘डी’को पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलको नतिजामा पराजित भएको अस्ट्रेलिया दोस्रो खेलमा ट्युनिसियालाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा सम्भावना पनि जीवित राखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!