सलाहले ह्याट्रिक गर्दा लिभरपुरसँग म्यानचेष्टर युनाइटेडको लज्जास्पद हार

Posted on: 24 Oct, 2021

कात्तिक ७, काठमाडौं | मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग  ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।  

लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एक/एक गोल गरे । पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो । 


यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

टोलीले ९ खेलमा  २१ अंक जोडेको छ । युनाइटेड भने सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!