मेकअपका सामानमा क्यान्सरको कारण बन्ने केमिकल्सहरुको प्रयोग हुँदै

Posted on: 13 Jan, 2023

पुस २९, काठमाडौँ । एजेन्सी । एक अनुसन्धानबाट ब्रिटेनमा बिक्रि हुने कयौं मेकअपका सामानमा 'फरएवर केमिकल्स' को प्रयोग भईरहेको छ । बीबीसी समाचारका अनुसार सौन्दर्यको लागि सामान बनाउने अर्बन डिके, रिभोल्यूशन र इंगलट कम्पनीहरुले ब्रिटेनमा मेकअपका जुन-जुन उत्पादन बेचिरहेका छन् त्यसमा यस्ता केमिकल्स पाइएका छन् कि जसले क्यान्सरको खतरा हुन्छ । ति केमिकल्सलाई पीएफएएस पनि भन्ने गरिन्छ । जसको प्रयोगले क्यान्सर वा अन्य  गम्भीर रोग लाग्न सक्छ । 

यस्ता सामान ब्रिटेनमा अवैध छैनन् । तर अन्य पाँच यूरोपेली देशहरुले शुक्रवार पुरै यूरोपमा प्रतिबन्धको घोषणा गर्न सक्ने भएका छन् । अर्बन डिके लरियेलको सहायक कम्पनी हो ।

लरियेलले बीबीसीलाई भने अनुसार यी केमिकल्सलाई आफ्नो उत्पादनबाट हटाउने प्रक्रिया चलिरहेको छ । उक्त केमिकल्सको प्रयोगले उत्पादनलाई टिकाऊ राख्न र आईशेडो तथा लिप्सिटक्सको रङ्गलाई सुरक्षित राख्न प्रयोग हुने गरेको छ ।  

पीएएफएसको प्रयोगले स्वास्थ्यलाई हानी गर्ने देखिएपछि  केहि ब्राण्डहरुमा यसको प्रयोग हट्ने भएको छ । तर, ब्रिटेनमा यस्ता कयौं उत्पादनहरु जसमा यस्ता घातक केमिकल्स प्रयोग भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!