२०२२ मा भारतपछि सबैभन्दा बढी अमेरिकाबाट आए नेपालमा पर्यटक (विवरण सहित)

Posted on: 02 Jan, 2023

पुष १८, काठमाडौँ । नेपाल टुरिजम बोर्डले नेपालमा पछिल्लो १२ महिना २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म नेपाल आउने पर्यटकहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार नेपालमा भारतपछि सबैभन्दा बढी अमेरिकी नागरिक नेपाल आएको बोर्डले जनाएको छ । 

भारतबाट २०२२ मा नेपाल आउनेहरुको संख्या २ लाख नौ हजार १०५ रहेको छ । जुन कुल पर्यटक संख्याको ३४.०५ प्रतिशत हो । त्यस्तै २०२२ मै नेपालमा आउने अमेरिकी नागरिकहरुको संख्या ७७ हजार ९ जना रहेको छ, जुन कुल नेपाल आउने बिदेशीहरुको संख्याको १२.५४ प्रतिशत हो । 

त्यस्तै अमेरिका पछि बेलायतबाट धेरैजना नेपाल आएका छन् । २०२२ मा मात्र बेलायतबाट नेपाल आउनेहरुको कुल संख्या ४४ हजार ७८१ रहेको छ । 

२०२२ मा भारत सहित सार्क राष्ट्रका बंगलादेशबाट २५ हजार ३८४ जना, श्रीलंकाबाट ४ हजार ५९८ जना, पाकिस्तानबाट ३ हजार ९२८ जना र भुटानबाट ३ हजार २२ जना नेपाल आएका छन् । यसरी नेपाल आउनेहरुमा सार्क राष्ट्रबाट कुल २ लाख ४६ हजार ३७ जना अर्थात ४०.०६ प्रतिशत रहेका छन् । 

युरोपका बिभिन्न देशबाट २०२२ मा नेपाल आउनेहरुको संख्या १ लाख ३३ हजार ४०२ जना रहेका छन् । 

पूर्ण विवरण सहित तल हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!