यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on: 17 Nov, 2022

मंसिर १, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको एकको खरिद दर १२९ रूपैयाँ ७८ पैसा र बिक्री दर १३० रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ २८ पैसा र बिक्री दर १३५ रूपैयाँ ९१ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ५४ पैसा र बिक्री दर १५५ रूपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!