अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा, नेपालमा घट्ला ?

Posted on: 25 Sep, 2022

असोज ९, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । आइतवार नेपालले इण्डियन आयल कर्पोरेसन (आइओसी)सँग खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.१५ डलरमा झरेको छ । यो मूल्य पछिल्लो आठ महिनाकै कम हो ।


अमेरिकी डलरको मूल्य बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको हो । नेपाली रुपैयाँको मूल्य डलरको तुलनामा अहिलेसम्मकै कमजोरसमेत भएको छ । आइतवार एक डलर किन्न नेपाली रुपैयाँ १२९.८९ रुपैयाँ खर्च गर्नुपर्छ । 

पछिल्लो समय कच्चा तेलको मूल्य घट्दै जान थालेको छ । रसिया–युक्रेन युद्धका कारण बढ्दै गएको यस्तो कच्चा तेलको मूल्य २५ जेठमा उच्च बिन्दुमा (१२२.११ डलर) प्रति ब्यारल पुगेको थियो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारल ३५.९६ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिरहे पनि नेपालमा भने घटेको छैन । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!