सुनचाँदीको मूल्यमा गिरावट, आज एक तोला सुनको भाउ कति पुग्यो ?

Posted on: 11 Aug, 2022

साउन २६, काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, बुधबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज बिहीबार घटेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ । 

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!