यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  
आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ  ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ०४ पैसा र बिक्री दर १३० रुपैयाँ ६५ पैसा रहेको छ।  
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ  ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!