बैंक अफ काठमान्डूको २ भदौबाट ऋणपत्र खुल्ने

Posted on: 09 Aug, 2022

साउन २४, काठमाडौं | बैंक अफ काठमान्डूले २ भदौबाट ११ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।

यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन् । 

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइइदेखि अधिकतम् एक लाख इकाइसम्म आवेदन दिन सकिनेछ । 

बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यपिटलले गर्नेछ ।

यो ऋणपत्रमा छिटोमा ७ भदौसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने १६ भदौसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!