पेट्रोलको मूल्य २० रुपैयाँले र डिजेलको मूल्य २९ रुपैयाँले घट्यो

Posted on: 25 Jun, 2022

असार ११, काठमाडौं | सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २८ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति लिटर कामय भएको छ। यो निर्णय शनिबार राती १२ बजेदेखि कार्यान्वयनमा आउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसअघि पेट्रोलको प्रति लिटर १९९ र डिजेलको १९२ रुपैयाँ थियो। सत्ता गठबन्धनको शनिवार बसेको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!