प्रतितोला ७०० ले घट्यो सुन, कतिमा हुँदै कारोबार?

Posted on: 10 May, 2022

वैशाख २७, काठमाडौँ | छापावाल सुनको मूल्य प्रतितोला  ७०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सयले घढेर तोलाको ९८ हजार कायम गरिएको छ। अघिल्लो कारोबारको दिन आइतबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९७ हजार ५०० छ ।

त्यस्तै, सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर  एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!