अमेरिकी डलर अहिलेसम्मकै महंगो, अन्य देशको विनिमयदर कति?

Posted on: 10 May, 2022

वैशाख २७, काठमाडौँ | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा अहिलेसम्मकै महंगो हुन पुगेको छ।

नेपाल राष्ट्र ब्यांकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा छ। डलर नेपाली मुद्रा बजारमा यो विन्दुमा उक्लिएको पहिलो पटक हो।

अब, नेपाली मुद्रा तिरेर डलर सटही गर्न चाहनेले एक डलर लिन १२४ रुपैयाँ २५ पैसा तिर्नुपर्छ।

डलरसँग भारतीय मुद्रा लगातार कमजोर बनेपछि त्यसको असर नेपाली मुद्रामा पनि देखिएको हो। नेपालको मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयदर छ।

भारतीय मुद्राको डलरसँगको विनिमयदर उतारचढाव हुँदा स्वतः त्यसको असर नेपाली रुपैयाँमा पर्छ। डलरको मूल्य बढ्दा विदेशबाट आयात गर्ने सामान महंगो हुनपुग्छ।

अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन कति छ हेर्नुस् विवरणमाः


यस बिषयमा तपाइको प्रतिक्रिया...!