विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा निषेध

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने नेपालीलेसमेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने भएको छ । 

‘क्रिप्टोकरेन्सीेले नेपालको लागि कानुनी मान्यता नपाएकोले त्यस्ता गैर कानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने देखिन्छ’, बैंकले भनेको छ । 

बैंकले स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुलेसमेत त्यस्तो कार्य गरेको कारबाही गर्ने चेनावनी दिएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!