साढे ५ अर्ब बढीको आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ? (सूचीसहित)

Posted on: 23 Jun, 2021

असार ९, काठमाडौँ । सेयर बजारमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) आउने तयारीमा रहेको छ । १८ वटा कम्पनीको ५ करोड ७१ लाख ५० हजार ३ सय ३४ कित्ता आइपीओ नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिका लागि पाइपलाइनमा छन् । 

आइपीओ स्वीकृतिको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरु १३ वटा हाइड्रो पावर कम्पनी, २ वटा लाइफ इन्स्योरेन्स, २ वटा माइक्रोफाइनान्स र १ वटा अन्य कम्पनी छन् । पाइपलाइनमा रहेका कम्पनीहरुको आइपीओ आवेदनमा बोर्डले ८ वटाको अन्डर प्रिलिमेनअरी रिभ्यु गरेको छ । साथै, २ वटा कम्पनीको रिभ्यू एण्ड कमेन्ट पठाएको छ भने ८ वटा कम्पनीको आइपीओ आवेदनमा रिप्लाइ एण्ड रिभ्यु गरिसकेको छ ।

कुन कम्पनीको कति कित्ता आइपीओ ?

माइलुङ्ग खोला जलविद्युत् कम्पनी २०७४ असोज २० गते नै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ करोड ३६ लाख २८६ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, हिमालयन हाइड्रो पावर कम्पनीले २०७६ काक्तिक २७ गते बोर्डमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता, बिन्दवासिनी हाइड्रोपावर कम्पनीले ०७६ माघ १ गते २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ र डिसहोम मिडिया प्रालिले ०७७ असार ३० गते २३ करोड ८५ लाख ९ सय २९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।

न्यादी हाइड्रो पावर कम्पनीले ०७७ मंसिर १० गते ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ, साहास उर्जा कम्पनीले गत मंसिर २४ गते १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ र साम्लिङ्ग पावर कम्वनीले गत माघ ५ गते १२ करोड ३० लाख कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएर बसेका छन् ।

बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीले गत माग ८ गते १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ र सयपत्री हाइड्रो पावर कम्पनीले गत गत फागनु २० गते ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्ड आवेदन दिएर बसेका छन् ।

साथै, फागुन महिनामै आइपीओको आवेदन दिनेमा बलेफी हाइड्रो पावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता र ग्रीन भेञ्चर हाइड्रो पावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख २५ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका हुन् ।

अपर शोलु हाइड्रो पावर कम्पनीले गत चैत १६ गते बोर्डमा ३३ करोड ३० लाख ७५ हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएको थियो ।

यस्तै, मनुषी लघुवित्तले गत बैशाख १३ गते ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ, दोर्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ कित्ता आइपीओ र अपरहेवा खोला हाइड्रो पावर कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निष्कासनका लागि आवेदन दिएका थिए ।

साथै, युनियन लाइफ इन्स्योरेन्सले जेठ ९ गते ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ र सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएर छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!