नेप्से ऐतिहासिक उचाईमा, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । आइतबार ५४ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको नेप्से सूचकले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । 


सोमबार २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा खरिदबिक्री भएको छ। सोमबार  कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। सोमबार कारोबारमा आएका १३ मध्ये होटल तथा टुरिजम्, विकास बैंक र उत्पादनमुलक बाहेक सबै समुहका सूचक बढेका छन् । जलविद्युत र अन्यको सूचक साढे २ प्रतिशत धेरैले बढेको बजारमा बाँकी आठ समुहको सूचक एक प्रतिशतभन्दा कमले बढेका छ ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६६ करोड १ लाखको शेयर खरीद बिक्री हुँदा नेपाल टेलिकम ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्स ३१ करोड ७९ लाख, अरुण काबेली २५ करोड १ लाख र अपर तामाकोशीको २१ करोड ५३ लाखको शेयर कारोबारमा आएको छ । नेपाल लाइफ, निफ्रा, सानिमा बैंक, एचआईडिसिएल, र सूर्या लाइफको पनि उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको सूर्या लाइफको १३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


यसदिन रुरु जलविद्युत परियोजना, समता लघुवित्त, राधी विद्युत्त कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको मुलय करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । मितेरी डेभलपमेन्ट बैंकर पाँचथर पावरको पनि करिब ९ प्रतिशतले मूल्य बढेको छ ।

सोमबार विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १.८४ प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको १.७६ प्रतिशत, ज्योति विकास बैंकको १.७४ प्रतिशत, आइसिएफसि फाइनान्सको १.४८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य १.४७ प्रतिशतले घटेको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!