सुनको भाउ प्रतितोला ३ सय बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९२ हजार ३ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ  ५० पैसा कायम गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!