तोलामा ९०० ले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on: 06 Jun, 2023

जेठ २३, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको जनाएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा ९०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५०० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो यसको मूल्य तोलामा १४ सय १५ रुपैयाँ तोकिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!