हेर्नुहोस! आज कतिमा हुँदै छ सुनचाँदी कारोबार?

Posted on: 05 Jun, 2023

जेठ २२, काठमाडौँ | आज सुनको कारोबार स्थिर रहेको छ ।

सोमबार बजारमा छापावाल सुन १ लाख ११ हजार ६ सय र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा यथावत् रहेको छ ।

अघिल्लो साता शुक्रवार मात्रै हालसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!