१६ अंकले बढ्यो नेप्से

Posted on: 01 Jun, 2023

जेठ १८, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक १६.५४ अंकले बढेरर १८६६.३४ बिन्दुमा कायम भएको छ ।

बुधबार ३८ अंकले घटेको बजारमा आज ६१ लाख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको बारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार सेयर कित्ता र रकम दुबै घटेका छन ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जोशी हाईड्रोपावर डेभल्पमेनट कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, एसीययन हाईड्रोपावर र पाँचथर पावर कम्पनी रहेका छन् । भने सर्वाधिक गुमाउनेमा सनराईज् फोकस्ड ईक्यूटी फण्ड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, माईखोला हाईड्रोपावर र नबील ब्यालेनस्ड फण्ड २ रहेका छन् ।

उपसमूहतर्फ भने १३ वटै समूहको शेयर मूल्य बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!