विदेशबाट महिलालाई ५० ग्रामसम्म सुन ल्याउन छुट, पुरूषलाई कति?

Posted on: 30 May, 2023

जेठ १६, काठमाडौँ | विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म  सुनको गहना ल्याउन पाउने भएका छन् । आर्थिक विधेयकमा उल्लेख भएअनुसार यस परिणामको सुनको गहनामा कुनै पनि महसुल लाग्ने छैन ।

विगतमा विदेशबाट फर्कने यात्रुहरूले ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने गरेकोमा अब भने यसलाई लिंगको आधारमा कर छुटको व्यवस्था गरिएको छ।

विदेशबाट फर्किएको पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ।

महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!