बालकृष्ण वाग्ले भन्छन् “मेरी बुढीको रिसै तगडा”.... (भिडियो हेर्नुहोस्)

Posted on: 08 Aug, 2016

बिनोद ढुंगाना | साउन २४, पोखरा । 

“बोल्नै हुन्न पाखुरी सुर्काउछे 

माइत जान्छु भनेर घुर्काउछे

मेरी बुढीको रिसै तगडा

शंकै शंकाले लंका जलायो, कुरा नबुझेसि कस्को के लायो  

गर्दिन म भन्दानि हुन्छ झगडा ...।”

आफ्नी श्रीमतीको बारेमा अरुसँग नकरात्मक कुरा गर्दा प्राय श्रीमानले यस्तै भन्छन् । तर यि शब्दहरु  भने प्रतिभाशाली गायक बालकृष्ण वाग्लेले यसबर्षको तिज लक्षित गर्दै बजारमा ल्याएको गीत “मेरी बुढीको रिसै तगडा”मा समावेश शब्द हुन्. । श्रीमान श्रीमतीबीच शंकै शंकाले उत्पन्न हुने मनमुटावलाई गितको शब्दले व्यक्त गरेको छ ।

प्रतिभाशाली गायक बालकृष्ण वाग्ले र चर्चित गायिका टिका पुनको स्वर रहेको गीतमा संकलन गायक वाग्लेको नै छ । गीतको बारेमा गायक वाग्ले भन्नुहुन्छ – “हाम्रै घरगाउमा प्राय परिवारमा श्रीमान श्रीमतीबीच शंकाका कारण दैनिक घट्ने घटना मैले मौलिक रुपमा गीतको रुप मात्रै दिएको हूँ । पक्कै पनि यस गीतले मेरो अघिल्लो प्रस्तुति फुल फुलेको डालीले  जस्तै श्रोता दर्शकहरुको माया पाउने छ ।”

कपिल लामाले निर्देशन गर्नुभएको भिडियोलाई हास्यव्यंग क्षेत्रका चर्चित कलाकारहरु निर्मली, दर्शने, सरापे र अनिताको अभिनयले उत्कृष्ट बनाएको छ । गीत कामना डिजिटलबाट बजारमा आएको हो । 

भिडियो हेर्नुहोस् 




यस बिषयमा तपाइको प्रतिक्रिया...!