एयरहोस्टेस ओसिनः भर्खरै भर्ती भएकी थिइन् यतीमा, यति नै रह्यो यात्रा

Posted on: 15 Jan, 2023

माघ १, पोखरा | पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् ।


चितवन घर भएकी ओसिन काठमाडौंमा बसेर यतीको जागीर खाइरहेकी थिइन् । तर, उनको उड्डयन यात्रा लामो हुन सकेन । आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा उनी पनि परेकी छन् ।

ओसिनले केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स गरेको बुझिएको छ । उनले आफ्नो सपना साकार बनाउन भने केही समय प्रतीक्षा गर्नुपरेको थियो । पहिलोपटक यती एयरलाइन्समा नाम निकालेपछि उनी निकै उत्साहित थिइन् । टिकटकमा निकै सक्रिय ओसिन कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!