कास्कीमा मतदानको दिन बिहान ६ बजेपछि सवारी चलाउन नपाइने

Posted on: 12 May, 2022

बैशाख २९, पोखरा | कास्कीमा मतदानको दिन बिहान ६ बजेदेखि मात्रै गाडी बन्द हुने भएको छ । ७ बजेदेखि हुने मतदानका लागि १ घण्टा अघिदेखि गाडी सञ्चालनमा रोक लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेसम्म गाडी चल्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

प्रशासनले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र स्थानीय तह सदस्य निर्वाचन कार्यविधि अनुसार सवारी अनुमति (पास) लिएकाबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित रुपमा सम्पन्न गर्न गाडी रोकिएको उनले बताए ।प्रशासनको सूचना अटेर गरे कानुन अनुसार कारबाही हुने बताइएको छ । गाडी बन्द हुने व्यवस्था जिल्ला अनुसार फरक छ । तनहुँमा भने विहान ५ बजेदेखि नै ठप्प पारिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!