पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य र उपमेयरमा नेकपा एमालेकी गुरुङ विजयी

Posted on: 25 May, 2022

जेठ ११, पोखरा | पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । उनको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।

यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनले  ६० हजार ५ सय ४६ मत प्राप्त गरेकी छन् । उनको  निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिइन । गुरुङल रानाभाटको भन्दा ३ हजार ८ सय ८३ बढी मतले विजयी भएकी हुन् । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत ल्याएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!