पोखरा महानगरमा मतगणना स्थगित

Posted on: 24 May, 2022

जेठ १०, पाेखरा | पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ।

वडा नम्बर १८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएपछि केहीबेर अघिदेखि मतगणना कार्य रोकिएको हो।

एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ।
वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो।
वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार सार्वजनिक गरिएको थियो।
दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएपछि पुन मतगणनको माग गरिएको हो।
वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना
र वडा नम्बर ३१ मा १६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल निर्वाचित भएका छन्।
सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट अनुमोदन। बालुवाटारमा बसेको बैठक। ४ बजे सम्सदमा पेश गरिँदै।

यस बिषयमा तपाइको प्रतिक्रिया...!