पोखराको मेयरमा धनराज आचार्यले ३,४३९ मतले बनाए अग्रता

Posted on: 21 May, 2022

जेठ ७, काठमाडौँ | पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन्।

हालसम्म ८० हजार १ सय ५४ मत गणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३२ हजार ४ सय ८० मत ल्याएका छन् | नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत ल्याएका छन्।

गठबन्धनका आचार्यले ३ हजार ४ सय ३९ मतान्तरसहित अग्रता हासिल गरेका हुन्।

त्यस्तै, मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शङ्कर खरालले ३ हजार ५ सय २० मत प्राप्त गरेका छन् भने अटेरी अभियानका तर्फबाट मेयर  पदका उम्मेदवार गनेस पौडेलले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।

 त्यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २ सय २१ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९ सय ५९ मतसहित उनलाई पछ्याएकी छन्।

उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ११ मत प्राप्त गरेकी छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!