पोखराको मेयरमा एमालेका कृष्ण थापाभन्दा धनराज आचार्य ३२७० मतले अगाडि

Posted on: 20 May, 2022

जेठ ६, पोखरा | कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् | हालसम्म ६५ हजार ४६२ मत गणना हुँदा थापा आचार्यभन्दा ३ हजार २ सय ७० मतले पछाडि परेका छन् । एकीकृत समाजवादीका धनराज आचार्यले २६ हजार ९ सय ६८ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्णबहादुर थापाले २३ हजार ६ सय ९८ मत ल्याएका छन् ।

 उपमेयरमा भने कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसकी कोपिला रानाभाट २७ हजार २ सय ८४ मत सहित अग्रस्थानमा छिन् । उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत प्राप्त गरेकी छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!