पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?

Posted on: 19 May, 2022

जेठ ५, कास्की | पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । 

५५ हजार २६७ मत गन्दा आचार्यले २२ हजार ८५२ मत ल्याएर अग्रता जोगाइराखेका छन् । उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १३२ मत ल्याएर पछ्याइरहेका छन् ।  

यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् । 

यसैगरी, उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले २३ हजार १६४ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई २३ हजार २१ मत ल्याएर एमालेकी मन्जु गुरुङले पछ्याइरहेकी छन् । 

राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!