पोखरा अपडेट

Posted on: 19 May, 2022

जेठ ५, पोखरा | पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

बिहीबार बिहान ८ बजे प्राप्त तथ्यांकअनुसार हालसम्म ५० हजार १ सय १७ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले २० हजार ७ सय ४९ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १८ हजार ३ सय ६६ मतसहित पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले १ हजार १ सय ३४ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले २० हजार ९ सय ७७ मत पाएकी छन् । गठबन्धनकी कोपिला रानाभाटको मत २० हजार ९ सय ६३ रहेको छ । पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!