गणना ढिलो भएपछि पोखरामा थपियो गणनास्थल

Posted on: 18 May, 2022

 जेठ ४, पोखरा | पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ । १, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकियो । गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ । यहाँ १ लाख ४३ हजार मत खसेको छ ।

गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ । सुरुमा ८ ठाउँबाट गनिएको मत १३ ठाउँबाट गन्न थालिएको हो । यहाँ अझै २८ वडाको मत गन्न बाँकी छ ।

अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक गरेर ५ ठाउँमा गणना स्थल थपेको छ । कास्कीका बाँकी ४ पालिकाको नतिजा आइसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!