पोखरा महानगरमा १ हजार ४ सय ४८ मतले धनराज आचार्यको अग्रता

Posted on: 17 May, 2022

जेठ ३, पोखरा | पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले  १ हजार ४ सय ४८ मतले अग्रता लिएका छन् । 

हालसम्म एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ९ हजार ४ सय २ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् | त्यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरेलले १ हजार ८१ मत ल्याएका छन् |  


त्यस्तै उपमेयरमा काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ९ हजार ६ सय ७९ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ९ हजार ४० मत ल्याएकी छन् | यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रन्जना सेनले ९ सय १९ मत प्राप्त गरेकी छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!