कास्कीमा १३ वडाको नतिजा आयो, कांग्रेस अगाडि

Posted on: 15 May, 2022

जेठ १, पोखरा | कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ ।  कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ । माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ ।

मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!